Logo

खेलकुद

विराटनगर किंग्सको म्यास्कट अर्ना



काठमाडाैं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिगका लागि पूर्वेली राजा नाम दिएर आफ्नो म्यास्कट अर्ना राखेको छ । यो मस्कटले टिम र पूर्वी क्षेत्रको गहिरो भावनालाई प्रतिनिधित्व गर्ने किंग्सले आइतबार जनाएको छ ।

हाल लोपोन्मुख अवस्थामा रहेको अर्ना कोशी क्षेत्रको रैथाने प्रजाति हो । यो जनावरलाई शक्ति र सहनशीलताको प्रतीक मानिन्छ ।

“पूर्वेली राजा” नामले कोशी प्रदेशमा विराटनगरको गौरव र यसले गर्ने नेतृत्वको प्रतिनिधित्व गर्छ र यसले टिमलाई “पूर्वको राजा” का रूपमा समेत चित्रित गर्दछ । यो म्यास्कट क्रिकेट मैदान भन्दा बाहिर पनि एकता, साहस र जिम्मेवारीको प्रतीकको रूपमा रहने छ जसले शक्ति केवल जितमा होइन, हाम्रा अमूल्य सम्पदाहरू जोगाउने क्षमतामा पनि हुन्छ भन्ने देखाउँछ ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार १०:४०   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।