काठमाडौं । इजरायलमा हमासको आक्रमणमा मारिएका कञ्चनपुरका विपिन जोशीको शव आजै गृह जिल्ला पठाइने भएको छ ।
उनको शव बोकेको फ्लाई दुबईको विमान आज दिउँसो २:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । त्यसपछि शव धनगढी हुँदै कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित घर लगिनेछ ।
कञ्चनपुरमै उनको अन्तिम दाहसंस्कार गरिनेछ । विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरू विमानस्थल पुग्ने कार्यक्रम रहेको छ ।
गत वर्ष अक्टोबर ७ मा हमासको आक्रमणमा परेर विपिन बन्धक बनिएका थिए । लामो समयसम्म सम्पर्कविहीन रहेका उनको मृत्यु असोज २७ मा पुष्टि भएको थियो ।
इजरायल-हमास युद्धविरामपछि हमासले शव हस्तान्तरण गरेको थियो । डीएनए परीक्षणबाट शव विपिनकै भएको पुष्टि भएको हो । नेपाल ल्याउनुअघि उनको शवमा नेपाली झण्डा ओढाएर तेल अवीवमा श्रद्धाञ्जली दिइएको थियो ।




















प्रतिक्रिया