काठमाडौं । इजरायलमा हमासले बन्धक बनाइ मारिएका विपिन जोशीको शव नेपाल आइपुगेको छ । विपिनको शव सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो ।
उनीप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि विमानस्थल पुगेका छन् ।
उनको सब आजै धनगढी हुँदै कञ्चनपुरको महेन्द्रगर लगिनेछ ।
गत वर्ष अक्टोबर ७ मा हमासको आक्रमणमा परेर विपिन बन्धक बनिएका थिए । लामो समयसम्म सम्पर्कविहीन रहेका उनको मृत्यु असोज २७ मा पुष्टि भएको थियो ।




















प्रतिक्रिया