Logo

प्रमुख समाचार

गाउँमा पल्किएको चितुवालाई नियन्त्रणमा लिई सुरक्षित बासस्थानमा छाडियो



 

गाउँमा पल्किएको चितुवालाई नियन्त्रणमा लिइएको छ । बाँसगढी नगरपालिका–९ थुमनीबाट गाउँमा पसेको चितुवालाई मंगलबार राति नियन्त्रणमा लिइएको हो ।
बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको संयुक्त टोलीले समस्याग्रस्त चितुवालाई नियन्त्रणमा लिएको छ । उक्त चितुवाले गाउँमा पसेर पशुचौपायामाथि आक्रमण गर्दै आएको थियो ।
बाँसगढी नगरपालिका–९ थुमनी दक्षिण टोल बेलघारी मध्यवर्ती सामुदायिक वनसँगै जोडिएको क्षेत्रमा राखिएको खोरमा पसेको चितुवालाई नियन्त्रणमा लिइएको बर्दिया राष्ट्रिय राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत सूर्य खड्काले बताए ।
नियन्त्रणमा लिइएको चितुवालाई सुरक्षित बासस्थानमा छोडिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्वाहाम्फेले बताए ।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार २२:१३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।