काठमाडाैं । आज रातिदेखि बुधबार बिहानसम्म देशको विभिन्न भू-भागमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायूको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेकाले आगामी ३ दिन देशको विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।
महाशाखाले आज मौसमसम्बन्धी विशेष बुलेटिन जारी गर्दै बुधबार बिहानसम्म विशेषगरी तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।
यसैगरी गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ । विशेषगरी, एक–दुई स्थानमा भने भारी हिमपातको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
विभागले सम्भावित वर्षा र हिमपातका कारण दैनिक जनजीवन, पर्वतारोहण, कृषि र पर्यटन क्षेत्रमा समेत असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ ।
विशेष गरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्दा वा सो क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूलाई विशेष सावधानी अपनाउन विभागले सुझाएको छ ।




















प्रतिक्रिया