Logo

प्रमुख समाचार

मकालु आधार शिविर क्षेत्रमा वर्षा र हिमपात



 

सङ्खुवासभाको उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पदयात्रामा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।
मकालु आधार शिविरसहित उच्च हिमाली भेगमा पर्यटकलाई सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारीले बताइन्।
प्रशासनले जल तथा मौसम विज्ञान विभागको सूचना पालना गर्न र गन्तव्यबारे जानकारी लिएर यात्रा गर्न आग्रह गरेको छ।
सङ्खुवासभा ।  सङ्खुवासभाको उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पदयात्रामा जाँदा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
मंगलबार बिहानदेखि मकालु आधार शिविरसहित उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पर्यटकलाई सतर्कता अपनाउन आग्रह गरिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताइन् ।
पदयात्रामा जाँदा जल तथा मौसम विज्ञान विभागबाट जारी हुने आधिकारिक सूचनालाई पालना गर्न, गन्तव्य स्थलबारे पर्याप्त जानकारी लिएर यात्रा गर्न प्रशासनले आग्रह गरेको हो । उक्त क्षेत्रमा थप हिमपात हुने सम्भावना भएका कारण मकालु आधार शिविरसहित उच्च हिमाली भेगमा यात्रा गर्दा सतर्क रहन स्थानीय प्रहरीमार्फत सतर्क रहन आग्रह गरिएको हो ।
करिब ७० जना विदेशी पर्यटक मकालु आधार शिविरमा रहेको प्रजिअ थपलियाले बताइन् । त्यस्तैगरी नेपाली पर्वतारोही पनि ६०/७० जनाको सङ्ख्यामा अहिले मकालु आधार शिविरमा रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलवार २३:५८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।