Logo

प्रमुख समाचार

संसद् विघटनको मुद्दा हेर्न संवैधानिक इजलास गठन



काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्न सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन गरिएको छ ।

गठित इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा रहेका छन् ।

संसद् विघटनविरुद्ध दर्ता भएका रिट निवेदनहरूमा प्रारम्भिक सुनुवाइपछि सर्वोच्चले संवैधानिक इजलास गठन गर्ने निर्णय गरेको हो । अब उक्त इजलासले संसद् विघटन संवैधानिक हो कि होइन भन्ने विषयमा छलफल अघि बढाउनेछ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार ११:१२   :  बजे

132
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।