Logo

प्रमुख समाचार

हिमपातमा फसेका १५ सय नागरिक सेनाद्वारा उद्धार



काठमाडौं । मनाङमा परेको भारी हिमपातपछि फसेका करिब १५ सय नागरिकलाई नेपाली सेनाले सुरक्षित स्थानमा उद्धार गरेको छ ।

सेनाकाअनुसार तिलिचो, खाङ्गसार, पिसाङ, अप्पर मनाङ र हुम्दे क्षेत्रमा फसेका नागरिक र पर्यटकलाई उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको हो । उद्धारमध्ये करिब दुई सय जना विदेशी नागरिक रहेका छन् ।

उद्धार कार्यमा मनाङस्थित सेनाको नयाँ भैरवीदल गुल्मका सैनिक टोलीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाले पनि सहयोग गरेका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार ११:३६   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।