Logo

प्रमुख समाचार

मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा



काठमाडौं । मानव अधिकार आयोगले व्यवसायी दुर्गा प्रसाईंलाई बोलाएर छलफल गरेको छ । प्रसाईंले आन्दोलन सुरु गर्ने बताइरहेका बेला आयोगले चासो राख्दै बुधबार बोलाएर छलफल गरेको हो ।

प्रसाईंले मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छन् । व्यवस्था परिवर्तनको माग राख्दै देशव्यापी आन्दोलन गर्न लागिएको उनले बताए ।

आन्दोलनमा कुनै पनि प्रकारको तोडफाड, आगजनी तथा अराजकता नहुने प्रसाईंले दाबी गरेका छन् । दिल्लीमा भएको १२ बुँदे सहमतिपश्चात देशमा राजसंस्था र हिन्दु राज्यको अन्त्य भएको र एनजीओ र आईएनजीओका सरकारहरू चलेको उनले आरोप लगाए ।

विदेश गएकाहरुको फिर्ती र धर्म जोगाउने उद्देश्य स्वरुप आन्दोलन गर्न लागिएको उनले स्पष्ट पारे । उनले आवश्यक डिजेल, ग्यास र दैनिक उपभोग्य वस्तुहरू घरमा राख्न समेत आग्रह गरे । मानव अधिकार आयोगलाई पनि आन्दोलनको अग्रिम जानकारी गराएको उनले बताए ।

यस्तै आन्दोलनलाई अवज्ञा गर्दै पसल खोले तोडफोड भएमा, गाडी फुटाएमा वा आगो लगाएमा त्यसको जबाफदेही नहुने समेत बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार १४:३९   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।