Logo

प्रमुख समाचार

सुरुका र आजका जेनजीमा आकाश जमिन फरक छः प्रधानमन्त्री कार्की



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सुरुका दिन र अहिले जेनजीहरूको बुझाईमा आकाशजमिन फरक पाएको बताएकी छन् ।

उनले सुरुमा अनेथरी माग लिएर आउने जेनजीहरू अहिले यही संविधान, व्यवस्थाको कुरा गर्दै चुनावमा जानुपर्छ भन्ने विन्दुमा आइपुगेको उल्लेख गरिन् ।

प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार बालुवाटारमा सम्पादकहरूसँगको अन्तर्क्रियामा जेनजीहरूको बुझाइ बदलिएको भन्दै प्रसन्नता पनि व्यक्त गरिन् ।

‘डे वानका जेनजी र आजका जेनजीबीच आकाश जमिनको फरक छ’ उनले भनिन्,’अहिलेले हामीले भन्दा राम्ररी कानुनका कुरा गर्ने भएका छन् । बुझाई कति राम्रो भएको छ । अस्ती २०र२१ वटा ग्रुपसँग कुरा भयो । उहाँहरूका कुरा देख्दा त रामचन्द्र पौडेल, शेरबहादुर देउवा युवा हुँदाका जस्ताको पनि देखेँ ।’

उनका अनुसार सुरुमा प्रत्यक्ष निर्वाचित कार्यकारी, अन्तरिम संविधान लगायतका अनेक कुरा आएका थिए । अहिले जेनजीहरूले त्यस्तो कुरा छैन ।

प्रकाशित मिति : १४ कार्तिक २०८२, शुक्रबार २१:४०   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।