Logo

प्रमुख समाचार

उपत्यकाको फोहोर व्यवस्थापनमा कुलमानको चासो, बिहानै पुगे बन्चरेडाँडा



उपत्यकाको फोहोर व्यवस्थापनमा ऊर्जा तथा सहरी विकासमन्त्री कुलमान घिसिङले चासो दिएका छन् । आइतबार बिहान फोहोर व्यवस्थापनको समस्या समाधानको पहल गर्न उनी बन्चरेडाँडा पुगेका हुन् ।

मन्त्री घिसिङको निजी सचिवालयका अनुसार उनी आइतबार बिहानै बन्चरेडाँडास्थित ल्यान्डफिल्ड साइटको अनुगमन गर्न पुगेका हुन् ।

यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध गरेपछि मन्त्री घिसिङ ल्यान्डफिल्ड साइटमा पुगेका हुन् ।

शुक्रबारदेखि स्थानीयले फोहोर लाने गाडीलाई रोक लगाएपछि समस्या समाधानको पहल गर्न घिसिङ ल्यान्डफिल्ड साइट पुगेका हुन् ।

फोहोर व्यवस्थित हुनुपर्ने लगायत विगतमा भएको सहमति कार्यान्वयनको माग गर्दै स्थानीयले फोहोर फाल्न अवरोध गरेको गरेका हुन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आईतवार ०९:३३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।