Logo

मधेश प्रदेश

मुख्यमन्त्री सोनलमाथि दीर्घकालीन भ्रष्टाचारको आरोप, अभियन्ता सहनीले भने-‘मधेसले आफ्नो गरिमा बेचेको छ’



काठमाडाैं । मधेस प्रदेशका समाजिक अभियन्ता कृष्ण मोहन सहनीले हालै नियुक्त भएका मुख्यमन्त्री जितेन्द्र सोनलमाथि गम्भीर आरोप लगाउँदै मधेस प्रदेशको नेतृत्वमा नैतिकताविहीन व्यक्तिलाई पुर्‍याउनु प्रदेशकै दुर्भाग्य भएको बताएका छन्।

उनका अनुसार तीन कार्यकालदेखि निरन्तर सत्ता सञ्चालनमा रहेर पनि आम नागरिकका पक्षमा ठोस काम गर्न असफल व्यक्तिलाई फेरि नेतृत्वमा ल्याउनु मधेस प्रदेशको गरिमामाथिको प्रहार हो। अभियन्ता सहनीले भने, दिनदिनै नागरिकलाई सास्ती र पीडा थप्ने व्यक्तिलाई मुख्यमन्त्री बनाउनु मधेसको दुर्भाग्य हो। यस्तो निर्णयले मधेसको राजनीतिक संस्कार र जनआकांक्षामाथि ठट्टा गरेको छ।

उनले मुख्यमन्त्री सोनलमाथि १२ वर्षदेखि योजनाबद्ध रूपमा भ्रष्टाचारमा संलग्न हुँदै आएको आरोप लगाउँदै भने, भ्रष्टाचारमा लिप्त, नैतिकता गुमाएका व्यक्तिलाई पैसाको चलखेलमार्फत मुख्यमन्त्री पदमा पुर्‍याउनु तमाम मधेसी जनताको अपमान हो।

सहनीले थप आरोप लगाउँदै भने-सोनलले मधेसी सहिदको लाससम्म बेचेर राजनीतिक स्वार्थ पूरा गरेका छन्। सत्ताको आडमा व्यक्तिगत लाभ लिने यस्तो व्यक्तिलाई सरकारमा सहभागी गराउनु जनताको बेहितकारी र घातक निर्णय हो।

सहनीले सम्बन्धित निकायलाई मुख्यमन्त्री सोनलविरुद्ध छानबिन गरी कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन्। यस्ता व्यक्तिलाई अनुसन्धान गरी कालकोठरीमा हालिनुपर्छ, अभियन्ता सहनीले भने।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार १२:१०   :  बजे

630
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।