काठमाडौं । प्रहरी मुख्यालयले भदौ २३ र २४ गते काठमाडौँमा खटिएका प्रहरी इञ्चार्जहरूलाई काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ ।
जेनजी आन्दोलनका क्रममा भएको दमन र त्यसपछिको आगजनी घटनाबारे जाँचबुझ गर्न गठित आयोगको पत्रका आधारमा प्रहरी मुख्यालयले काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई पत्र पठाउँदै तत्कालीन इञ्चार्जहरू उपत्यकाभित्रै रहने व्यवस्था मिलाउन भनेको हो ।
जाँचबुझ आयोगले बढी क्षति भएका क्षेत्रका इञ्चार्जहरूलाई कुनै पनि बेला उपस्थित गराउन सक्ने भएकाले हेडक्वार्टरले यस्तो निर्देशन दिएको हो । आयोगले आइतबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आधिकारिक पत्र पठाएको थियो ।
आयोगले आइतबारदेखि सोधपुछ र बयान प्रक्रिया सुरु गरेको छ । पहिलो दिन नख्खु कारागारका जेलरसँग बयान लिएको आयोगले जनाएको छ । जेनजी आन्दोलनका क्रममा भदौ २३ गते गोली प्रहारबाट २२ जनाको ज्यान गएको थियो ।




















प्रतिक्रिया