Logo

समाचार

भोजपुरका डिभिजन वन अधिकृतविरुद्ध झण्डै डेढ करोडको भ्रष्टाचार मुद्दा



काठमाडौं । डिभिजन वन कार्यालय भोजपुरमा कार्यरत दानबहादुर श्रेष्ठविरुद्ध झण्डै डेढ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

डिभिजन वन कार्यालय इलाममा डिभिजन वन अधिकृतका रूपमा कार्यरत रहँदा श्रेष्ठले पदीय अख्तियारीको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

अनुसन्धानका क्रममा श्रेष्ठले एक करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ ५० पैसा भ्रष्टाचार गरेको पाइएको अख्तियारको ठहर छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार १५:५६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।