काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गरेको छ।
राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका मागसहित भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौँसहित देशका विभिन्न भागमा भएका प्रदर्शनमा ज्यान गुमाएका ती व्यक्तिहरूलाई राज्यको तर्फबाट शहीदको सम्मान दिने निर्णय गरिएको हो।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले सोमबार मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको जानकारी दिएका हुन्। “गृह मन्त्रालय अन्तर्गतको समिति र अन्य सुरक्षा निकाय तथा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त अध्ययन प्रतिवेदनका आधारमा ४५ जनालाई शहीद घोषणा गरिएको हो,” मन्त्री खरेलले भने, “हालका लागि थप व्यक्तिबारे अध्ययन भइरहेको छैन।”
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मन्त्रिपरिषद्को निर्णय अनुसार राजपत्रमा शहीदहरूको नाम सार्वजनिक गरिने बताए ।




















प्रतिक्रिया