Logo

प्रमुख समाचार

जेनजी आन्दोलन जाँचबुझ आयोगले रवि लामिछानेसँग सोधपुछ गर्दै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई उच्चस्तरीय जाँचबुझ आयोगले सोधपुछका लागि आज (बुधबार) बोलाएको छ ।

गौरीबहादुर कार्कीको संयोजकत्वमा गठन गरिएको जेनजी आन्दोलन जाँचबुझ आयोगले २४ भदौमा भएको घटनाबारे लामिछानेसँग जानकारी लिन लागिएको हो। सो दिन सहकारी रकम हिनामिना प्रकरणमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका लामिछाने असुरक्षाको कारण देखाउँदै अन्य कैदीबन्दीसँगै कारागारबाहिर निस्किएका थिए ।

उक्त घटना सार्वजनिक भएपछि कारागार प्रशासनले लामिछानेलाई बाहिर लैजान लेखिएको पत्रको आधिकारिकतामाथि प्रश्न उठेको थियो। त्यसपछि उनी पुनः कारागारमै फर्किएका थिए ।

आयोगका एक सदस्यका अनुसार, “२४ भदौको घटनाबारे वस्तुगत विवरण संकलनका लागि आयोगले प्रत्यक्ष सरोकारवालालाई सोधपुछ गर्दैछ । लामिछानेलाई पनि सोधपुछका लागि आज दिउँसो १ बजे सिंहदरबारस्थित आयोग कार्यालयमा उपस्थित हुन भनिएको हो ।”

यसअघि आयोगले नख्खु कारागारका प्रमुख सत्यराज जोशीसँग बयान लिइसकेको छ । आयोगको टोली सोमबार नख्खु कारागार पुगेर घटनास्थलको अध्ययनसमेत गरेको थिय।

 

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार १०:०५   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।