Logo

अर्थ

पनौतीको सुरक्षण मुद्रण केन्द्रबाट छाप्न थालियो लाइसेन्स, पहिलो चरणमा १२ लाख प्रति छपाइ हुने



काठमाडौं । काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ कार्यको शुभारम्भ गरिएको छ । शुक्रबार केन्द्रमा पुगेर सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले लाइसेन्स छपाइ कार्यको शुभारम्भ गरेका हुन् ।

हाल यातायात व्यवस्था विभागबाट प्राप्त डाटा अनुसार, दैनिक करिब ५०० वटा लाइसेन्स छापिने बताइएको छ ।

मन्त्री खरेलका अनुसार, ६ महिनाभित्र छाप्न बाँकी सबै लाइसेन्स छापेर सेवाग्राहीहरूलाई वितरण गर्ने योजना छ । उनले लाखौँ सेवाग्राही लाइसेन्स नपाएर कागज बोकेर हिँड्नुपर्ने अवस्थाको अब अन्त्य हुने बताए ।

मन्त्री खरेलले यसअघिको लाइसेन्सको लागत ३०० रुपैयाँ पर्नेमा अब केन्द्रबाट छापिने लाइसेन्सको लागत २०० रुपैयाँ मात्रैलाग्ने जानकारी दिए ।

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले विभिन्न कानुनी उल्झन र प्राविधिक जटिलता समाधान गरेर छपाइ सुरु गरिएको जानकारी दिए । पहिलो चरणमा १२ लाख प्रति छपाइको सम्झौता भएअनुरुप आजबाट काम सुरु गरिएको हो ।

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार १५:२३   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।