Logo

प्रमुख समाचार

दुर्गा प्रसाईंले बालेनलाई भने- सुकुम्बासी हटाउने भए स्थायी बसोबासको व्यवस्था गरिदिनू



काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई सुकुम्बासीको स्थायी बसोबासको व्यवस्था गर्न आग्रह गरेका छन् ।

आइतबार काठमाडौंको मनोहरा सुकुम्बासी बस्तीमा पुगेर प्रसाईंले सुकुम्बासीलाई पटक–पटक उठाउने नाममा दु:ख दिनु अन्यायपूर्ण भएको बताए । उनले भने, “सुकुम्बासी हटाउने हो भने, पहिले उनीहरूको स्थायी बसोबासको व्यवस्था मिलाउनुहोस्।”

प्रसाईंले बालेनको योजनामा महानगरले जबरजस्ती बस्ती खाली गर्न आए प्रतिकार गर्न सुकुम्बासीहरूलाई तयारी अवस्थामा रहन सुझाव दिए। उनले सन्देश दिँदै भने, “तपाईंहरू एक हुनुभयो भने, कसैले पनि तपाईंहरूलाई हटाउन सक्दैन।”

उनले बालमन्दिर र पशुपतिका अनधिकृत संरचना हटाउन सुझाव दिंदै “पहिले त्यस्ता संरचना हटाओस्, त्यसपछि मात्र गरिबको छानोमा हात हालोस्” भनेर मेयर बालेनलाई सन्देश पठाए।

 

प्रकाशित मिति : २३ कार्तिक २०८२, आईतवार १३:४५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।