Logo

अर्थ

सेयर बजारमा ३० अंककाे गिरावट, ४ अर्ब ९० करोडकाे कारोबार



काठमाडौं । आज सेयर बजार घटेको छ । नेप्से परिसूचक ३०.०२ अंकले घटेर २५६६ को विन्दुमा कायम भएको छ ।

आज २८ कम्पनीको सेयर मूल्य बढेको छ भने २२२ कम्पनीको सेयर घटेको छ ।

आज ४ अर्ब ९० करोड माथिको सेयर कारोबार भएको छ । सबैभन्दा धेरै यूनियन हाइड्रोपावरको सेयर कारोबार भएको छ । यस कम्पनीको २७ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २३ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै दरमखोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आईतवार १५:१५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।