Logo

अर्थ

होटल ईच्छाले आईपीओ जारी गर्ने



काठमाडाैं । बाराको सिमरामा रहेको पाँचतारे होटल ईच्छा लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारणसभा आयोजना गर्ने भएको छ । कात्तिक २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दोस्रो साधारणसभा बाेलाएको हो ।

उक्त सभा आगामी माघ १५ गते बारामा रहेको होटल इच्छामा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको जारी पूँजीको २० प्रतिशत अर्थात ३५ लाख कित्ता आईपीओ निष्कासन गर्ने र यससम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन लगायत सम्पूर्ण वित्तीय विवरणहरु समेत पारित गरिनुका साथै २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित हुनेछ ।

कम्पनीले आईपीओ निष्कासन गर्ने प्रयोजनाका लागि हिमालयन क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गरेकाे छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार १०:४०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।