Logo

अर्थ

लोअर हेवाखोला जलविद्युत आयोजनामा दुई वाणिज्य बैंकले लगानी गर्ने



काठमाडौं । ६.८४८ मेगावाट क्षमताको लोअर हेवाखोला जलविद्युत आयोजना निर्माणका लागि दुई बैंकले संयुक्त रूपमा ९८ करोड १७ लाख रुपैयाँ ऋण लगानी गर्ने भएका छन् ।

सिद्धार्थ बैंक लिमिटेडले ५० करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ४८ करोड १७ लाख रुपैयाँ ऋण उपलब्ध गराउनेछन् । उक्त ऋण लगानी सम्बन्धी सम्झौता आइतबार औपचारिक रूपमा सम्पन्न गरिएको हो ।

यो आयोजनाको कुल लागत १४० करोड २५ लाख रुपैयाँ रहने अनुमान गरिएको छ। बाँकी रकम प्रवर्द्धक कम्पनी पाँच खपन जलविद्युत प्रालिले स्व–पूँजी र अन्य स्रोतबाट जुटाउने योजना बनाएको छ ।

कम्पनीका अध्यक्ष वसन्त कुमार तामाङका अनुसार, सम्झौताअनुसार जेपर्ट ग्रुपले एक वर्षभित्र सम्पूर्ण उपकरण आपूर्ति र जडानको काम पूरा गर्नेछ ।

जेपर्ट ग्रुपले हालसम्म नेपालका १९ वटा जलविद्युत आयोजनामा काम गरिसकेको छ । तीमध्ये ९ वटा आयोजना सञ्चालनमा आइसकेका छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार १०:४६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।