काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भिडियो सन्देश जारी गर्दै मतदाता परिचय पत्र बनाउन आग्रह गरेका छन् ।
महामन्त्री थापाले सोमबार सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै २१ फागुनमा हुन गइरहेको निर्वाचनमा सहभागिता सुनिश्चित गर्न मतदाता परिचय पत्र बनाउन आग्रह गरेका हुन् ।
‘फागनु २१ मा चुनाव हुन्छ, नो इफ, नो बट । चुनावमा हामी सबैले भाग लिने हो,’ महामन्त्री थापाले भिडियोमा भनेका छन्, ‘तर, चुनावमा भोटरको रुपमा भाग लिनका लागि तपाईंले भोटर रजिस्टर गराउनुभएको छैन भने जम्मा ६ दिन बाँकी छ । ६ दिन भित्रमा रजिस्ट्रेसन गराउनुहोला ।’
भिडियो सन्देशसँगै महामन्त्री थापाले निर्वाचन आयोगको वेबसाइटमा गएर वा दर्ता गरिसकेका व्यक्तिबाट जानकारी लिएर मतदाता परिचय पत्र बनाउन सकिने पनि उल्लेख गरेका छन् ।




















प्रतिक्रिया