Logo

अर्थ

नेपालकै पहिलो अनलाइन फुड डेलिभरी फुडमाण्डुको १५औँ वार्षिकोत्सव सम्पन्न



नेपालको पहिलो अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्नो १५औं वार्षिकोत्सव उत्साहपूर्वक मनाएको छ। सन् २०१० नोभेम्बर ११ मा स्थापना भएको यो कम्पनीले छोटो अवधिमा सानो स्टार्टअपबाट देशभर परिचित ब्रान्डको रूप लिन सफल भएको हो।

हाल फुडमाण्डुले काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, चितवन र बुटवलका हजारौं रेस्टुरेन्टसँग साझेदारी गरी हजारौं डेलिभरी राइडरहरूका लागि रोजगारीको अवसर सिर्जना गरेको छ। कम्पनीले आफ्नो १५ वर्षे यात्रालाई “खानासँगै खुसी” अभियानमार्फत ग्राहक र साझेदारहरूसँग साझा गरेको छ।

वार्षिकोत्सवको अवसरमा संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले भने, “१५ वर्षअघि हामीले फुडमाण्डु सुरु गर्दा ग्राहकलाई मनपर्ने खाना घरमै पाउने सपना देखेका थियौं। आज त्यो सपना धेरैको दैनिक जीवनको हिस्सा बनेको छ।” उनले फुडमाण्डुको सफलतामा रेस्टुरेन्ट पार्टनर, राइडर र ग्राहक सबैको योगदान रहेको उल्लेख गरे।

त्यस्तै, ब्रान्ड तथा मार्केटिङ म्यानेजर इनेशा भट्टराईले भनिन्, “हाम्रो लागि यो १५ वर्षे यात्रा अविस्मरणीय रह्यो। हामी निरन्तर ग्राहकलाई उत्कृष्ट अनुभव दिलाउनेतर्फ केन्द्रित छौं।”

फुडमाण्डुले वार्षिकोत्सवको अवसरमा कात्तिक २५ देखि मंसिर १४ गतेसम्म काठमाडौं, पोखरा, चितवन र बुटवलका २०० भन्दा बढी रेस्टुरेन्टमा विशेष छुट अफर उपलब्ध गराएको छ। हाल कम्पनीले १,००० भन्दा बढी रेस्टुरेन्टमार्फत फुड डेलिभरी सेवा र फुडमाण्डु वनमार्ट मार्फत दैनिक उपभोग्य सामग्रीको तत्काल सेवा प्रदान गरिरहेको छ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलवार २१:०८   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।