Logo

अर्थ

साढे २० करोड बक्यौता किस्ता तिर्न आयाे जगदम्बा



 

काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइन बक्यौताको किस्ता तिर्न अर्को कम्पनी पनि आएको छ ।

नेपाल विद्युत् प्राधिकरणको ट्रंक प्रयोगकर्ता जगदम्बा सिन्थेटिक पहिलो किस्ता तिर्न आएको हो ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार, पहिलो किस्ता तिरेपछि विद्युत् लाइन जडानको लागि कर्मचारी खटाइएको छ ।

जगदम्बा सिन्थेटिकको २० करोड ५० लाख ४३ हजार रुपैयाँ बढी बक्यौता छ ।

उक्त रकमको २८ किस्ताअनुसार ७३ लाख २२ हजार रुपैयाँ बक्यौता बुझाएको सिलवालले जानकारी दिए ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार २०:२९   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।