Logo

अर्थ

नबिल बैंककाे संस्थापक सेयर बिक्रीमा



काठमाडौं । नबिल बैंकबाट तीन संस्थापक शेयरधनी बाहिरिने भएका छन् । संस्थापक शेयरधनी जीतबहादुर श्रेष्ठ, जश श्रेष्ठ र जिज्ञासा अर्याल बैंकबाट बाहिरिन लागेका हुन् ।

उनीहरूले बैंकमा आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेका छन् । जीतबहादुर श्रेष्ठले आफ्नो स्वामित्वमा रहेको ५० हजार, जश श्रेष्ठले २५ हजार र जिज्ञासा अर्यालले ५० हजार कित्ता सेयर बिक्रीमा राखेका छन् ।

जीतबहादुर र जिज्ञासाले बिक्रीमा राखेको शेयरको मूल्य तोकिएको छैन । तर, जश श्रेष्ठले आफ्नो स्वामित्वको शेयरको मूल्य प्रतिकित्ता ३०१.१० रुपैयाँ तोकेका छन् ।

खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार ११:०२   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।