Logo

प्रमुख समाचार

मधेश प्रदेशसभा सुरु भएर १० मिनेटका लागि स्थगित, एमालेबाट एक सांसद उपस्थित



जनकपुरधाम । मधेश प्रदेशसभा बैठक सुरु हुनासाथ स्थगित भएको छ ।

नेकपा एमालेबाट उपस्थित एक मात्र सांसद सारदा देवी थापाले सरकारको उपस्थित नरहेको बैठक कसरी सञ्चालन हुने नियमापत्ति राखेपछि सभामुख बबिता राउत इशरले सरकारलाई उपस्थित हुन निर्देशन दिँदै बैठक १० मिनेटका लागि स्थगित गरेकी हुन् ।

आजको मधेस प्रदेश सभा बैठकमा सभामुख रामचन्द्र मण्डलमाथि लगाइएको महाभियोगमा छलफल हुने कार्यसूची राखिएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार १६:००   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।