Logo

अर्थ

वाणिज्य बिभागद्वारा बजार अनुगमन तीव्र कडाइ



वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्ला दिनमा बजार अनुगमनलाई थप सक्रिय बनाउँदै निरीक्षणको दायरा विस्तार गरेको छ। उपभोक्ताबाट आएका गुनासो र बजारमा देखिएका अनियमितता बढ्दै गएपछि विभागले दैनिक रूपमा अनुगमन कार्यलाई तीव्रता दिएको जनाएको छ।

बिहीबार मात्रै विभागले काठमाडौँका नौवटा पानी उद्योगमा निरीक्षण गरेको थियो। पिउने पानीमा कैफियत देखिएको उजुरी आएपछि गरिएको अनुगमनमा उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन र कारबाही गरिएको विभागले जानकारी दिएको छ। कोशी मिनरल वाटर उद्योग, स्तुपा इन्डस्ट्रिज, सहभागिता वाटर एन्ड वेभरेजलगायतलाई गुणस्तर मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिइएको थियो।

यसैबीच, मङ्सिर ३ गते काठमाडौँका ११ वटा पसल, उद्योग तथा प्रतिष्ठानमा अनुगमन गरिएको थियो। अनियमितता भेटिएकामा गोकर्णेश्वरस्थित जल्पादेवी कस्मेटिक र सुजाता फेन्सीलाई नगद जरिवाना गरिएको विभागले जनाएको छ।

मङ्सिर २ गते गरिएको अनुगमनमा विभिन्न आठ उद्योग तथा फर्ममध्ये परागन फुटवेयर उद्योग, चन्द्रागिरिलाई रु ५० हजार, राजेश स्यानिटरी वेयरलाई रु ५० हजार र एक्वा सञ्जिवनी पानी प्रशोधन उद्योगलाई रु २० हजार जरिवाना गरिएको थियो। त्यस्तै, मङ्सिर १ गते पाँचवटा उद्योग तथा फर्ममा अनुगमन गर्दा कैफियत भेटिएको कविता वेभरेज प्रालिलाई रु १० हजार जरिवाना गरिएको विभागले जनाएको छ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार ०८:०८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।