Logo

अर्थ

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ज्ञानबहादुर बम्जन कारागार चलान



काठमाडौँको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगी आरोपमा पक्राउ परेका ज्ञानबहादुर बम्जन पुर्पक्षका लागि कारागार चलान भएका छन्।

जिल्ला अदालत, काठमाडौंले उनलाई थुनामा पठाउने आदेश दिएसँगै उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको हो।

सहकारी ठगीका मुख्य आरोपित जीबी राईका नातेदार(जेठान) उनी जेनजी आन्दोलनका बेला प्रहरी वृत्त, कालिमाटीको हिरासतबाट भागेका थिए।

फेरि पक्राउ गरेर प्रहरीले अदालत पेस गरेको थियो। यसअघि उनी पोखराको सूर्यदर्शन सहकारी ठगीमासमेत मुछिएका थिए। प्रहरीले उनलाई पक्राउ गरेको थियो।

प्रकाशित मिति : ७ मंसिर २०८२, आईतवार २२:०७   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।