काठमाडौं । जेनजी आन्दोलनको क्षति उपर बीमा कम्पनीमा साढे २३ अर्ब रुपैयाँ बराबरको दावी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म मागदाबी भएका २३ अर्ब ४३ करोड ४१ लाख रुपैयाँमध्ये सो बराबरको बीमा मागदाबी भएको हो । नेपाल बीमा प्राधिकरणका अनुसार ३ हजार २५५ वटा दाबी परेका थिए ।
तर, हालसम्म बीमा कम्पनीहरुले ४ अर्ब २ करोड रुपैयाँ दावी रकम बीमितलाई भुक्तानी गरेका छन् । कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी सो बराबरको भुक्तानी भएको हो । कुल दावीको १७.१५ प्रतिशत भुक्तानी दिएका हुन् ।
आन्दोलनको क्षतितर्फ सबैभन्दा धेरै दाबी सम्पत्ति बीमामा परेको छ। सम्पत्ति बीमातर्फ ६९५ दाबीको १९ अर्ब ३ करोड ४१ लाख रुपैयाँ दाबी रकममध्ये ३ अर्ब ९ करोड ४७ लाख रुपैयाँ भुक्तानी भएको छ ।
यस्तै, मोटर बीमातर्फ २ हजार २९५ दाबीमा ८४ करोड ८५ लाख, इञ्जिनियरिङ बीमातर्फ ६ करोड ६९ लाख, परिवहन बीमातर्फ ४८ लाख र अन्य बीमातर्फ ३९ लाख रुपैयाँ भुक्तानी भएको छ । यसका लागि नेपाल पुनर्बीमा कम्पनीले बीमा कम्पनीहरूलाई करिब २ अर्ब ५१ करोड ७९ लाख रुपैयाँ अग्रिम भुक्तानी दिएको प्राधिकरणले जनाएको छ ।
अर्कोतिर जेनजी आन्दोलनका क्रममा भएको क्षतिको दाबी भुक्तानी भने निकै कम छ । कुल ३ अर्ब ७७ करोड ४२ लाख दाबी रकममध्धे हालसम्ममा १ करोड १४ लाख रुपैयाँ मात्रै भुक्तानी भएको छ ।
बाढीपहिरोका कारण १३ वटा निर्जीवन र २ वटा लघु निर्जीवन बीमा कम्पनीमा गरी कुल ७४४ वटा प्रारम्भिक दाबी परेका थिए ।
यसमध्ये बाढीपहिरोबाट सम्पत्ति बीमातर्फ सबैभन्दा बढी ४०५ वटा दाबी परेकोमा ६४ लाख रुपैयाँ मात्र भुक्तानी भएको छ । त्यस्तै, कृषि तथा बाली बीमातर्फ २१० वटा दाबीमा १ लाख, इञ्जिनियरिङतर्फ १ लाख ५४ हजार र निजी मोटर बीमातर्फ ४८ लाख रुपैयाँ भुक्तानी भएको प्राधिकरणले जनाएकाे छ ।




















प्रतिक्रिया