Logo

अर्थ

नेपाल वायुसेवा निगमद्वारा श्रमिक यात्रुका लागि विशेष छुट



नेपाल वायुसेवा निगमले रोजगारीका लागि विदेशी श्रम गन्तव्यतर्फ जाने नेपाली श्रमिक यात्रुहरूको सहजता र पहुँच वृद्धि गर्ने उद्देश्यले विशेष छुटसहित नयाँ भाडादर योजना लागू गरेको छ।

निगमले काठमाडौंबाट दमाम, दोहा, दुबई तथा क्वालालाम्पुर जाने श्रमिक यात्रुहरूलाई लक्षित गर्दै प्रत्येक उडानमा १० प्रतिशत छुटसहित विशेष सहुलियत उपलब्ध गराउने निर्णय गरेको हो।

निगमका अनुसार हरेक उडानमा १० वटा सिट श्रमिक यात्रुका लागि छुटदरमा उपलब्ध गराइनेछ। यसअन्तर्गत यात्रा गर्न इच्छुक श्रमिक यात्रुले आवश्यक कागजातसहित निगमका नेपालस्थित टिकट काउन्टरमा सम्पर्क गरी छुट सुविधासहित टिकट खरिद गर्न सक्नेछन्।

निगमले यो सुविधा विशेषत: वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई आर्थिक रूपमा सहयोग पुर्‍याउने उद्देश्यले ल्याइएको जनाएको छ।

प्रकाशित मिति : १४ मंसिर २०८२, आईतवार ०७:४८   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।