Logo

अर्थ

उखुको खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ



काठमाडौं । सरकारले उखुको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि उखुको खरिद मूल्य प्रतिक्विन्टल ६ सय २० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलका अनुसार उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान रकम उपलब्ध गराउने निर्णय भएको छ ।

प्रकाशित मिति : २२ मंसिर २०८२, सोमबार २२:५३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।