Logo

उद्योग

शिवम् सिमेन्ट्स लिमिटेडको साधारण सभा सम्पन्न



शिवम् सिमेन्ट्स लिमिटेडको आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारण सभा सम्पन्न भएको छ।

बिहीबार सञ्चालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा बसेको सभाले सामान्य तथा विशेष दुवै प्रकृतिका सबै प्रस्तावहरू पारित गर्दै कम्पनीको दसौँ साधारण सभा सम्पन्न गरेको हो।

सभाले शेयरधनीलाई कुल १२.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ।

यसअन्तर्गत २.५० प्रतिशत बोनस सेयर तथा १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गरिनेछ। कम्पनीले प्रस्तुत गरेको लाभांश प्रस्ताव आर्थिक स्थायित्व र सेयरधनी प्रतिको प्रतिबद्धताको रुपमा हेरिएको छ।

साधारण सभाको निर्णय अनुसार बोनस शेयर वितरणपछि कम्पनीको जारी तथा चुक्तापूँजी बढेर ५ अर्ब ३९ करोड ३२ लाख २८ हजार ७१२ रुपैयाँ पुग्नेछ।

पुँजीमा भएको वृद्धि आगामी वर्षका लागि उत्पादन तथा व्यवसाय विस्तार योजनामा उपयोगी हुने अपेक्षा कम्पनीले व्यक्त गरेको छ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार १९:३३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।