Logo

अर्थ

इसेवाद्धारा बीमा योजना खरिदमा विशेष अफर सार्वजनिक, स्मार्टवाच र स्मार्ट टिभी जित्ने अवसर



काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले बीमा योजना खरिद प्रक्रियालाई अझ सहज बनाउँदै विशेष अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत इसेवाका प्रयोगकर्ताले इसेवा एपमार्फत विभिन्न बीमा योजना खरिद गर्दा स्मार्टवाच तथा स्मार्ट टिभी जित्ने अवसर पाउने छन् ।

इसेवाकाअनुसार यो अफर पौष ३० गतेसम्म सञ्चालन हुनेछ । यस अवधिमा इसेवा एपमार्फत जीवन बीमा, स्वास्थ्य बीमा, गैरजीवन बीमा, व्यवसाय तथा मोटर बीमा योजना खरिद गर्ने तथा ब्लूबुक नवीकरण गर्ने प्रयोगकर्ता स्वतः पुरस्कार योजनामा सहभागी हुनेछन् । प्रयोगकर्ताले यी बीमा योजनाहरू घरमै बसेर केही क्लिकमै खरिद गर्न सक्ने व्यवस्था गरिएको छ ।

अफरअन्तर्गत हरेक हप्ता इसेवामार्फत बीमा योजना खरिद गर्ने एक जना भाग्यशाली प्रयोगकर्ताले स्मार्टवाच जित्ने अवसर पाउनेछन् भने अफर अवधि समाप्त भएपछि एक जना विजेतालाई स्मार्ट टिभी प्रदान गरिनेछ । विजेताको छनोट लक्की ड्रमार्फत गरिने जनाइएको छ ।

डिजिटल प्रक्रिया र विश्वासिला बीमा साझेदारमार्फत बीमा योजना खरिदलाई छिटो, सुरक्षित र झन्झटमुक्त बनाइएको इसेवाले जनाएको छ।

प्रकाशित मिति : ७ पुष २०८२, सोमबार १४:४४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।