Logo

प्रमुख समाचार

मधेशका पूर्वमुख्यमन्त्री सिंहले दिए राजीनामा



काठमाडौं । मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । उनले प्रदेशसभाबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।

प्रतिनिधिसभा निर्वाचनका लागि उनले आफ्नो छुट्टै पार्टी दर्ता गराएका छन् ।

आफ्ना दाइ सत्यवानकुमार सिंहको नेतृत्वमा स्वाभिमान पार्टी दर्ता गराएका हुन् । सोही पार्टीबाटै उनी प्रतिनिधिसभा उम्मेदवार बन्न लागेका हुन् ।

उनी गत २०७९ को निर्वाचनमा क्षेत्र नम्बर २ (क) बाट जनमतबाट चुनाल लडेर जितेका थिए ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार १३:०४   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।