Logo

अर्थ

नेप्से २७०० माथि, ११ अर्ब ८५ करोडको कारोबार



काठमाडौं । आज सेयर बजारमा भारी वृद्धि भएको छ । नेप्से परिसूचक ४२.२६ अंकले बढेर २,७१४ को विन्दुमा कायम भएको छ ।

आज २२४ कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ कम्पनीको मूल्य घटेको छ ।

आज ११ अर्ब ८५ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । यस कम्पनीको ४० करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै गोर्खाज फाइनान्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै एसबिएल डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार १५:२२   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।