काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य गर्न सबै नेपाली नागरिकसँग अपिल गरेका छन् ।
पार्टी सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारे लगत्तै सामाजिक सञ्जालमा भिडियो जारी गर्दै उनले आम कार्यकर्ताको चाहनाअनुसार विशेष महाधिवेशनमार्फत नीति र नेतृत्व परिवर्तन भएको भन्दै अब देश परिवर्तनको यात्रामा सँगै सहकार्य गर्न सबैमा अपिल गरेका हुन् ।
नेपाली कांग्रेसभित्र हामीले विगतमा पार्टी रूपान्तरणको विषयलाई पैरवी गरिरह्यौँ । हामीले नेतृत्व परिवर्तन र नीति परिवर्तनका विषयहरू निरन्तर उठाइरह्यौँ ।
आज नेपाली कांग्रेस पार्टीमा विशेष महाधिवेशनमार्फत नेतृत्व र नीति दुवै परिवर्तन भएको छ,’ उनले भने,‘हामीले कांग्रेस मात्र परिवर्तन गर्न खोजेको होइन । देशलाई पनि कांग्रेसका माध्यमबाट परिवर्तन गर्न खोजेका हौँ ।’
‘मलाई विश्वास छ देश परिवर्तनका निम्ति यो हाम्रो निर्णयमा आम मतदाताको साथ, समर्थन र सहयोग प्राप्त हुनेछ ।’परिवर्तित कांग्रेसले देश परिवर्तन गर्छ भन्ने प्रतिबद्धतासहित देशको नेतृत्व कांग्रेसको तर्फबाट प्रस्ताव गरेको उल्लेख गर्दै उनले देश परिवर्तनका निम्ति यो हाम्रो निर्णयमा आम मतदाताको साथ, समर्थन र सहयोग प्राप्त हुने विश्वास गरे ।


















प्रतिक्रिया