Logo

राजनीति

निर्वाचन आयोगको आचारसंहिताका कारण कांग्रेसको मधेससभा स्थगित



जनकपुरधाम । निर्वाचन आयोगको आचारसंहिता लागू भएको कारण यही माघ १६ गते जनकपुरधाममा नेपाली कांग्रेसले आयोजना गर्न लागेको विशाल मधेससभा स्थगित गरिएको छ ।

मधेस प्रदेश प्रचार विभाग प्रमुख नितेश कुमार गुप्ताकाअनुसार निर्वाचन आयोगको निर्देशन र आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने भएकाले कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो ।

नेपाली कांग्रेसले लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी व्यवस्थाप्रति प्रतिबद्ध रहँदै आयोगको निर्णयको सम्मान गरेकोसमेत उनले बताए ।

 

प्रकाशित मिति : ११ माघ २०८२, आईतवार १५:०५   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।