Logo

प्रमुख समाचार

समानुपातिकतर्फ २ करोड ८ लाख मतपत्र छापियो



काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फको मतपत्र छपाइ प्रक्रिया सुरु भइसकेको छ।

जनक शिक्षा सामग्री केन्द्रमा नेपाली सेनाको सुरक्षा घेराभित्र मतपत्र छापिँदै आएको छ। आयोगले फागुन ५ गतेभित्र सबै मतपत्र सम्बन्धित स्थानमा पुर्‍याउने लक्ष्य राखेको छ।

निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रत्यक्षतर्फको मतपत्र १५ दिनभित्र छपाइ सकिने र निर्वाचन अचारसंहिता पूर्ण पालना हुनेमा आयोग विश्वस्त रहेको बताए।

प्रकाशित मिति : १३ माघ २०८२, मंगलवार १४:४१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।