काठमाडौं । आज सेयर बजारमा सामान्य वृद्धि भएको छ । नेप्से परिसूचक ५ अंकले बढेर २,७३१ को विन्दुमा कायम भएको छ ।
आज १४१ कम्पनीको सेयर मूल्य बढेको छ भने ११२ कम्पनीको मूल्य घटेको छ ।
आज ११ अर्ब ४९ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको सेयर कारोबार भएको छ । यस कम्पनीको ८३ करोड ५७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ५४ करोड ३६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक र आँखुखोला जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै गुडविल फाइनान्स डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ८ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया