Logo

प्रमुख समाचार

कांग्रेसका पूर्वसांसदहरूको सर्वोच्च जाने कार्यक्रम स्थगित



काठमाडौं । नेपाली कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च अदालत जाने कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको समय नमिलेकाले बिहीबारका लागि तय गरिएको भेटघाट स्थगित भएको हो।

कांग्रेसले एक सूचना जारी गर्दै ‘विशेष कारण’ले कार्यक्रम स्थगित गरिएको जनाएको छ। सूचनामा भनिएको छ, “डेलिगेशन टोली सर्वोच्च अदालतमा जाने कार्यक्रम तय भएकोमा विशेष कारणले गर्दा उक्त कार्यक्रम स्थगित भएको व्यहोरा जानकारी गराइन्छ।”

विघटित प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक रहेका नेता श्यामकुमार घिमिरेका अनुसार प्रधानन्यायाधीश राउतको सचिवालयबाट फोनमार्फत आजका लागि तय भएको भेटघाट तत्कालका लागि स्थगित गरिएको जानकारी आएको हो।

यसअघि घिमिरे नेतृत्वको टोली बिहान १०:३० बजे सर्वोच्च अदालत जाने कार्यक्रम तय गरिएको थियो। कांग्रेसका ६५ जना पूर्वसांसदहरूले संसद् पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिसकेका छन्।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार ०९:२७   :  बजे

639
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।