Logo

प्रमुख समाचार

काठमाडौँको मूलपानीमा लुटेरामाथि गोली प्रहार, १० जना पक्राउ



काठमाडौं । काठमाडौंको मुलपानीबाट प्रहरीले गोली चलाएर १० जनालाई पक्राउ गरेको छ । लुटपाटमा संलग्नहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रातिको समयमा विभिन्न व्यक्तिहरुलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो ।

सोही टोलीले गएराति लुटपाटमा संलग्न १० व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए ।

यस सम्बन्धी विस्तृत विवरण पछि सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार ०९:४०   :  बजे

1.1K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।