Logo

प्रमुख समाचार

पूर्वप्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्।

रुघा, खोकी र ज्वरोको समस्या देखिएपछि नेपाल बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका थिए। त्यहाँ क्याबिन उपलब्ध नभएपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो।

अस्पताल स्रोतका अनुसार नेपाललाई रुघा, खोकी र ज्वरोसँगै सास फेर्न गाह्रो हुने (घ्यार–घ्यार) समस्या देखिएको छ। यद्यपि, उनको उपचार भने त्रिवि शिक्षण अस्पतालको छातीरोग विभागका चिकित्सक टोलीले गरिरहेको छ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार १२:०७   :  बजे

480
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।