Logo

समाचार

श्रीमतीको हत्या गरेँ भन्दै श्रीमान् पुगे प्रहरी कार्यालय



काठमाडौं । श्रीमती हत्या गरेर श्रीमान् आफैं प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका छन् ।

ललितपुरको गोदावरी नगरपालिका- ७, देवीचौरमा घटना भएको हो । त्यहाँ बसोबास गर्ने ३० वर्षीय विनोद पाख्रिनले २३ वर्षीया पत्नी कोपिला पाख्रिनको हत्या गरेका हुन् ।

श्रीमती हत्यापछि टिकाभैरव प्रहरी चौकीमा गएर उनले आत्मसमर्पण गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले बताए ।

मदिरा सेवन गरेर चिर्पटले हानेर श्रीमतीको हत्या गरेर खाटमा सुताएको अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ ।

घटना शुक्रबार बिहानको हो । हत्यापछि उनी मैले श्रीमती हत्या गरेँ भन्दै प्रहरी कार्यालय पुगेका थिए ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार १५:०७   :  बजे

606
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।