Logo

समाचार

खेत जोतिरहेका बेला गोली हानी एक पुरुषकाे हत्या



सिराहा । सिराहामा एक जनाको गोली हानी हत्या गरिएको  छ । सिराहा नगरपालिका–१ का अन्दाजी ४५ वर्षीय प्रेमनाथ यादवको सिराहा नगरपालिका वडा नम्बर ७ मैनाबत्तीखोला किनारमा हत्या भएको हो ।

आफ्नै खेतमा ट्र्याक्टरले जोतिरहेको अवस्थामा अज्ञात व्यक्तिले गोली हानी उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

खेत जोत्न गएका उनीमाथि गोली हानेर हत्या गरेको भन्ने खबर पाउनासाथ वडाअध्यक्ष महेशकुमार यादवले प्रहरीलाई खबर गरिएको जानकारी दिए । घटनाको विषयमा थप विवरण आउन बाँकी रहेको छ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार १७:५६   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।