Logo

धर्म / संस्कृति

‘दलित पञ्चैबाजा समूह’ ले बनायो दुईकोठे बाजाघर



काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण कार्य सम्पन्न भएको छ ।

मालिका गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीय ‘दलित पञ्चैबाजा समूह’ ले दुईकोठे बाजाघर निर्माण गरेको हो ।

भवन निर्माणका लागि मालिका गाउँपालिकाले ५ लाख र वडा नं. ७ ले ३ लाख सहयोग गरेको उक्त वडाका अध्यक्ष टक बहादुर पुनले जानकारी दिएका छन् ।

बाँकी नपुगेको रकम भने समूहले आफै संकलन गरेको पनि उनको भनाई छ ।

भवन २०७७ सालका पहिरोपीडितका लागि बिम–मालिका सङ्घको सहयोगमा खरिद गरिएको एकीकृत बस्तीको जग्गामा निर्माण गरिएको हो ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार १८:४२   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।