Logo

अर्थ

उच्च मूल्यबाट घट्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । नेपाली बजारमा दिनहुँ नयाँ रेकर्ड राखेको सुनको मूल्य ह्वात्तै घटेको छ ।

आइतबार सुनको मूल्य तोलामा १८ हजार ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आज सुनको मुल्य प्रतितोला ३ लाख रुपैयाँ कायम भएकाे छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा १५ सय ६५ रुपैयाँले घटेको छ । आइतबार चाँदीको मूल्य तोलामा ५ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य तोलामा ७ हजार ६५ रुपैयाँ थियो ।

प्रकाशित मिति : १८ माघ २०८२, आईतवार ११:२७   :  बजे

714
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।