धनगढी । कञ्चनपुरमा एक युवतीको शव फेला परेको छ । भीमदत्त नगरपालिका– १० तिल्केनीस्थित शान्ति सामुदायिक वनमा युवतीको शव भेटिएको हो । अर्धनग्न अवस्थामा वनभित्रको खोलानजिक अन्दाजी २५ वर्षकी युवतीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख प्रहरी उपरीक्षक खडकबहादुर खत्रीले मृत फेला परेकी युवतीको सनाखत हुन नसकेको बताए । ‘शव सड्न लागेको अवस्थामा भेटिएको छ,’ प्रहरी उपरीक्षक खत्रीले भने, ‘१०–१५ दिनअघिको घटना हुनसक्छ ।’
शव सडेको अवस्थामा भएकोले पहिचान गर्न समस्या भएको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















प्रतिक्रिया