काठमाडौं । आज साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १९.८५ अंकले घटेर २,६९४ को विन्दुमा कायम भएको छ ।
आज ५० कम्पनीको मात्रै सेयर मूल्य बढेको छ भने २०१ कम्पनीको मूल्य घटेको छ ।
आज ९ अर्ब १० करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको सेयर कारोबार भएको छ । यस कम्पनीको ५५ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.७० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यसका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया