काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चलचित्र पत्रकार दिनेश सिटौलाको निधनप्रति दु:ख व्यक्त गरेका छन् ।
उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यस्तो बताएका हुन् । बालेनले लेखेका छन्,’अलबिदा दिनेश सिटौला । नेपाली फिल्मको अभिभावक अनि मेरो हितैसी मित्र ।तपाईंको अभाव सधैँ खड्किनेछ ।’
अछाममा बालेनको चुनावी प्रचारका क्रममा उनी बेहोस भएका थिए ।उपचारका क्रममा काठमाडौँको ग्राण्डी अस्पतालमा ब्रेन ह्यामरेजका कारण आइतबार उनको निधन भएको हाे । आजै पशुपति आर्यघाटमा अन्त्येष्टि समेत गरिएको छ ।




















प्रतिक्रिया