काठमाडौं। गत शुक्रबार रेकर्ड ब्रेकमा झरेर गिरावट देखिएको चाँदीको मूल्य आज अन्तर्राष्ट्रिय बजारमा बढे पनि सुनको मूल्यमा गिरावट आएको छ।
आइतबार सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ४ हजार ८९१ डलरमा कारोबार भएकामा आज ४ हजार ७२५ डलरमा झरेको छ।
सुनको मूल्यमा आज ०.४२ प्रतिशतले गिरावट आएको हो। यसअघि ५ हजार ५५१ डलरसम्म पुगेको थियो।
अन्तर्राष्ट्रिय बजारमा उकालो लागिरहेको सेतो धातु शुक्रबारदेखि आइतबारसम्म डाउन भए पनि आज भने बढेको छ।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य एकै दिन ३१ प्रतिशतभन्दा बढीले तल झरेको थियो। आइतबार पनि चाँदीको मूल्यमा ठूलो गिरावट आएको थियो।
आज भने चाँदीको मूल्यमा ४.८५ प्रतिशतले मूल्य बढेको छ। आज चाँदी अन्तर्राष्ट्रिय बजारमा ८२.३४० प्रतिऔंसमा कारोबार भइरहेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केभिन वार्शलाई आगामी फेडरल रिजर्भ अध्यक्षका रूपमा मनोनयन गरेपछि बजारमा अमेरिकी डलर मजबुत बनेसँगै सुनचाँदीको मूल्यमा उलटफेर भइरहेको हो।




















प्रतिक्रिया